भिडियो राजनीति कभर स्टोरी

वामपन्थी सरकारसँग किन डराउँछन् व्यवसायी ?: डा. चन्द्रमणिको चिन्तन (भिडियो)

वामपन्थी सरकारसँग किन डराउँछन् व्यवसायी ?: डा. चन्द्रमणिको चिन्तन (भिडियो)

काठमाडौं । नेपाललाई शेयर मार्केटले आत्मनिर्भर अर्थतन्त्र बनाउनसक्छ ?: डा. चन्द्रमणिको नयाँ सरकारका लागि मुख्य चुनौती बनेको छ, आर्थिक उन्नती । आर्थिक उन्नतिका लागि धेरै चुनौती छन् । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले समेत आर्थिक अवस्था धरापमा रहेको बताउँदैआएका छन् ।

 

यही शिलशिलामा बैंकिङ क्षेत्रमा पूँजी अभाव देखिएको छ । साथै शेयर बजारमा उतारचढाव छ । यस्तो समस्या कसरी सल्टाउने ? लगायत विषयमा अर्थविद् डा. चन्द्रमणि अधिकारीसँग नेपालआजका लागि प्रताप ओलीले अन्तरवार्ता

गरेका छन् । 

डा. अधिकारी योजना आयोगका पूर्व सदस्य समेत हुन् । देशमा विकास र समृद्धिको चर्चा भइरहँदा बैंकिङ क्षेत्र, शेयर बजारको कस्तो भुमिका हुन्छ ? भन्ने बारे यहाँ तर्क पेश गरेका छन् ।


 
अधिकारीका अनुसार शेयर मार्केट चार क्षेत्रबाट प्रभावित हुन्छ । मार्केट फोर्स, चक्रिय प्रभाव, उपभोक्ताको आम मनोविज्ञान र बैंक तथा वित्तिय संस्थामा केन्द्रित हुने प्रबृत्तिले शेयर मार्केटलाई प्रभावित बनाउँछन् ।


१. मार्केट फोर्स

शेयर मार्केटलाई प्रभाव पार्ने एउटा ‘फ्याक्टर’ शेयर फ्लो हो । शेयर बजार घट्नुमा मार्केट फोर्सले काम गरिराखेको हुन्छ ।

 

पछिल्लो समय मार्केट फोर्स बढ्दो रुपमा रहेको छ । जसले शेयर बजारलाई दबाब दिइरहेको छ ।

 

सप्लाईका क्षेत्रहरु धेरै भए । आईपिओ, एफपिओ, राईट्स शेयर, बोनस शेयर जस्ता सुविधा भए ।

 

गरिबी र बचत कम हुनाले नेपालमा शेयर लगानी गर्ने वातावरण छैन । स्वास्थ्य, शिक्षा लगायत आधारभुत आवस्यकतामै नेपाली समाज रुमल्लिएको छ । शेयरमा लगानी गरेर धेरै कमाई होला भन्ने आाशा नेपालीले राख्ने वातावरण तत्कालै बनेको छैन । अवसर पाए पनि नेपालीहरुले बैंकबाट र आफन्त वा साथिबाट ऋण निकालेर लगानी गर्ने चलन छ ।


२. चक्रिय प्रभाव

शेयर मार्केटमा दोस्रो असर चक्रिय प्रणाली हो । साधारणसभा, लेखापरिक्षण गर्ने समयमा शेयर बजार प्रभावित हुन्छ ।


३. मनोविज्ञान

उपभोक्ताको मनोविज्ञानले गर्दा पनि शेयर मार्केटलाई असर पारेको हुन्छ । नयाँ सरकार आएपछि के होला भन्ने मनोविज्ञान आम उपभोक्तामा हुन्छ ।

 

लगानीकर्ता भने बाहिरबाटै वातावरण नियाल्नका लागि लगानी ‘होल्ड’ गरिराख्छन् । वामपन्थी सरकार आउँदा प्रजातान्त्रिक शैलीका ब्यावसायीहरु डराउने प्रबृत्ति छ ।


४. बैंक तथा वित्तिय संस्थामा केन्द्रित

नेपाली शेयर बजार बैंक तथा वित्तिय संस्थामा केन्द्रित हुँदा पनि असर पर्छ । नेपाल अन्य राष्ट्रसँग नजोडिनुले पनि शेयर मार्केट फराकिलो हुन पाएन ।

 

८० प्रतिशत शेयर धनी वर्गले कब्जा गर्ने र २० प्रतिशत साना लगानीकर्ताको हातमा हुनाले ठूला लगानीकर्ताहरु कहिलेकाहीँ नदेखिने हिसावले चलखेल गर्छन् ।

 

नेपालमा पछिल्लो समय औसत आम्दानी बढ्न थाल्यो । स्थिर सरकारको अनुभुति भयो भने शेयर बजार फराकिलो बनेर आउँछ । नेपाली शेयर लगानीकर्ताहरु सरकारलाई बुझेर वा नबुझेर आरोप लगाउँछन् । 

 

सरकारले पनि शेयर बजारमा लगानी गरेर ठूलो प्रोजेक्ट निर्माण गर्दै लगानीकर्ता पूँजी सुनिश्चित गर्ने वातावरण बनाउनु पर्छ ।

 

शेयर बजार ठूलो निर्माणको क्षेत्र भएकाले यसको नियमन, संबद्र्धन र लगानीमैत्री भुमिका खैल्छौँ भन्ने कुरा सरकारले लगानीकर्तालाई विश्वस्त गराउनुपर्ने हुन्छ ।


वामपन्थी सरकारसँग डर किन ?

आम लगानीकर्ता तथा व्यवसायीहरु वामपन्थी सरकारसँग डराउने मनोविज्ञान छ । वामपन्थी सरकार आएपछि व्यवसायमाथि कडाइ गर्ला भन्ने भयले व्यवसायी तर्सिने गरेको बुझिन्छ ।

 

डा. अधिकारी भने यो गलत बुझाइ भएको बताउँछन् । ‘वामपन्थी सरकारबाट डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘वामपन्थी सरकारले लगानीकर्ता कसैलाई पनि अप्ठ्यारो पार्दैन । र पारेको पनि छैन ।’

 

संविधानमा कहीँ कतै निजी क्षेत्रका लागि रोकतोक नगरेको उनी बताउँछन् । अहिले सरकार चलाउनेहरु यसअघि पनि विभिन्न सरकारको निर्णयक भुमिकामा रहेका कारण उनीहरुले लगानीकर्ता तथा व्यवसायीलाई कडाइ नगर्ने अधिकारीको भनाइ छ ।


बैंकमा पुँजी अभाव किन ?

बैंकमा पुँजी अभाव हुने पनि दुई कारण छन् । चक्रिय प्रभाव र वित्तिय संस्थाको चलाखी ।

 

चक्रिय प्रभावका कारण ब्याजदर कम भएको बेला डिपोजिट पनि कम हुन्छ, डिपोजिट कम भएको बेला लगानी कम हुन्छ । लगानी कम भयो भने ब्याजदर बढ्न थाल्छ ।


 
ब्याजदर बढेपछि फेरि डिपोजिट बढ्छ । यस्तो खालको यो चक्रिय कारणले पनि बैंकमा कहिलेकाँही पुँजी अभाव हुनजान्छ । 

 

यस्तै बैंक तथा वित्तिय संस्थाले आफ्नो सजिलो बाटो मात्र हेर्दैआए । सजिला ठाउँहरुमा उच्च लगानी गर्ने उनीहरुको चलाखी छ ।

 

निक्षेप परिचालन गर्ने सन्दर्भमा विशेष खालको रणनीति नअपनाएको हुनाले पछिल्लो समय अप्ठ्यारो परिसकेपछि मात्र निक्षेप परिचालनका लागि अनेक किसिमका हतकण्डा अपनाउन थाले ।

 

यस्तो कुरामा राष्ट्र बैंकले पनि संवेदनशील भएर कदम चाल्नुपर्ने थियो । तर चुकिराखेको अवस्था छ ।


नेपाललाई शेयर लगानीले मात्रै आत्मनिर्भर बनाउँछ ?

नेपालमै केहीले राम्रो लगानी गरेर गाडी चढेका, घर–घडेरी जोडेका पनि छन् । तर त्यस्ता व्यक्तिको संख्या निकै कम छ । भोलिका दिनमा अर्थतन्त्रलाई विस्तार गर्नुपर्दा काठमाडौं बाहिर पनि शेयर बजार खोल्नुपर्छ ।

 

बैंक तथा वित्तिय संस्थामा केन्द्रित शेयरको संरचनालाई विभेदीकरण गरेर अन्य क्षेत्रमा लैजानुपर्छ । अन्य क्षेत्रमा उपयुक्त कुरा निर्माण गर्नुपर्छ ।

 

यदी लगानीका सबै क्षेत्रमा नियमन गर्ने निकाय भए र आफ्नो लगानी शुरक्षित भएर आम्दानी हुने संकेत देखिएपछि नेपाल पनि शेयर बजारबाटै आत्मनिर्भर हुने वातावरण छ । 

शेयर मार्केट डा. चन्द्रमणि अधिकारी पुँजी वित्तिय संस्था

विशेष