News प्रदेश ३

सिन्डिकेटकाे विरूद्धमा साझाले सघायाे सरकारलार्इ

सिन्डिकेटकाे विरूद्धमा साझाले सघायाे सरकारलार्इ

साझा यातायात प्रालिले बनेपा धुलिखेला बस सञ्‍चालन सुरु गरेको छ। सिन्डिकेट कायम राख्न माग राख्दै कोटेश्‍वपूर्वमा १३ यातायात समितिले सेवा बन्द गरेपछि साझाले यो रुटमा बस सञ्‍चालन गरेको हो। 

 

सिन्डिकेट हटाउन यातायात व्यवस्था विभागले लिएको निर्णय र मयुर यातायातलाई साथ दिँदै यो रुटमा बुधबारबाट गाडी चलाउन थालेको हो। मयुर यातायात प्रालिलाई बनेपासम्मको रुट परमिट दिएको भन्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका छन्। 

 

पहिलो चरणमा साझालाईसमेत यस्तै समस्या परेको अवस्था अहिले साझाले मयुर र सरकारलाई साथ दिएको हो। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बुधबारबाट २० वटा गाडी बनेपा धुलिखेलका लागि सञ्‍चालन गरेको जानकारी गराए। 

 

'हामीले २० वटा गाडी संचालन गरेका छौँ' दीक्षितले भने, 'सरकार र स्थानीयलाई समस्या परेको समयमा हामीले साथ दिएका हौँ, अहिले अस्थायी मात्रै हो'।  दीक्षीतले यातायात व्यवस्था विभागले सहयोग मागेअनुसार गाडी सञ्‍चालन गरेको समेत बताएका छन्।

 


साथै यातायात व्यवजसथा विभागले बुधबारबाट नै यातायात व्यवसायीहरुलाई रुट परमिट खुलाएको छ। यससँगै साझाले समेत स्थायी रुपमा यो रुटमा गाडी चलाउने प्रकिया अघि बढाउने छ। उता १३ वटा यातायात समितिले भने बुधबार बन्द गरे पनि बिहीबारबाट नियमित रुपमा गाडी चलाउने बताएका छन्। 
 

विशेष