राजनीति News भिडियो

सरकारलाई ग्रेटर नेपालको दबाबः प्रधानमन्त्री ज्यू ! मोदीसँग नझुक्नु (भिडियो)

सरकारलाई ग्रेटर नेपालको दबाबः प्रधानमन्त्री ज्यू ! मोदीसँग नझुक्नु (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा भारतले ज्यादती गर्दैआएको भन्दै सुझाव स्वरुप प्रधानमन्त्री मार्फत केही समूहले सन्देश पठाएका छन् ।

 

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरी भारतसँग कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा केही सुझाव दियो । ग्रेटर नेपालका मुख्य अभियन्ता फणिन्द्र नेपाल सहितको टोलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्दै सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादती र सीमा मिच्ने प्रबृत्ति रोक्नुपर्ने सुझाव दिएको छ ।


साथै सन्धि पुनरावलोकन तथा खारेजबारे पनि प्रधानमन्त्रीले भारतीय समकक्षीसँग छलफल गर्नुपर्ने भन्दै अभियन्ता नेपालले सुझाव पेश गरेका छन् । ग्रेटर नेपालले एक विज्ञप्ति समेत जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

 

ग्रेटर नेपालको टोलीले सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको नेपालआजले भिडियो कैद समेत गरेको छ । त्यस सन्दर्भमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले सरकार उनीहरुको सुझावप्रति सकारात्मक रहेको बताएका थिए ।

ग्रेटर नेपाल परराष्ट्रमन्त्री सीमा क्षेत्र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

विशेष