राजनीति इतिहास र अनुभूति कभर स्टोरी भिडियो

डा. केसीको चिन्ताः प्रत्येक प्रधानमन्त्रीले भारत भ्रमणमा नेपालको केही न केही गुमाएकै छन् (भिडियो)

राजाको पालामा दरबार दोषी, अहिले भारत !

डा. केसीको चिन्ताः प्रत्येक प्रधानमन्त्रीले भारत भ्रमणमा नेपालको केही न केही गुमाएकै छन् (भिडियो)

काठमाडौं । हरेक नेता प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जाने नेपाली राजनीतिको संस्कार जस्तै बनेको छ । दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली पनि आफ्नो पहिलो भ्रमण भारतमै गर्दैछन् ।

 

केही महिनाअघि मात्रै ‘भारतविरोधी अडान लिने नेता’को छवि बनाएका केपी ओलीले शुष्मा स्वराजलाई प्रधानमन्त्री बन्नुअघि नै नेपालमा निम्तो दिएपछि शंकाको रुपमा हेर्न थालिएको छ ।

 

यसैले पनि ओलीको भारत भ्रमणबारे धेरैको चासो बढेको हो । भ्रमणको लागि यो अनुकुल समय हो त ? भनेर राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीसँग बहस गरेका छौँ ।

 

डा. केसीले भने यस भ्रमणलाई ‘कर्मकाण्डी’भ्रमणकै रुपमा बुझेका छन् । साथै प्रधानमन्त्री ओलीलाई अहिले नै भारत भ्रमणमा जाने मतादेश नभएको भन्दै भ्रमणको आलोचना गरेका छन् ।


कुन प्रधानमन्त्रीको भारत भ्रमण कस्तो ?
 

प्रधानमन्त्री बन्नासाथ भारत जाने संस्कारलाई सुद्धृढ गर्दै हरेक प्रधानमन्त्रीले कुनै न कुनै नेपालहित विपरित सम्झौता गरेको तितो यथार्थ डा. केसीले स्मरण गराए ।

 

यसपटक केपी ओलीको भ्रमण पनि अपेक्षाकृत हुनेमा उनको शंका छ । ‘भारत भ्रमण गर्नै हुँदैन भनेको हैन,’ डा. केसीले भने, ‘अहिले उपयुक्त समय भएन । आन्तरिक तयारी गर्नुपथ्र्यो । कसरी प्रस्तुत हुने, नेपालका महत्वपूर्ण विषय के हुन् तिनलाई कसरी उठाउने भन्ने बारे गृहकार्य गर्नुपर्ने थियो ।’

 

सीमास्थित नेपाली जनजीवन, सीमा सुरक्षा, भारतीय सीमा सुरक्षावलको ज्यादती जस्ता विषयलाई प्राथमिकतासाथ उठाउनुपर्ने भन्दै डा. केसीको सुझाव छ ।

 

तर यसअघि समेत प्रधानमन्त्रीहरुले भारत भ्रमणको बेला व्यक्तिगत विषय मात्रै उठाउने र राष्ट्रिय विषयमा वार्ता नगर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अहिलेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्रीले राष्ट्रिय विषयमाथि वार्ता नगरेको भारतीय पक्षबाटै कुरा आएको छ,’ उनले भने, ‘१० प्रधानमन्त्रीमध्ये एक जनाले राष्ट्रिय विषयमा वार्ता गर्ला । तर अधिकांशले व्यक्तिगत र परिवार स्वार्थ जस्ता अनावस्यक कुरालाई प्राथमिकता दिँदैआए । यस भ्रमणबाट पनि सकारात्मक उपलब्धि अपेक्षा गर्न सकिँदैन ।’

 

डा. केसीले मनमोहन अधिकारको भारत भ्रमण पनि विवादित रहेको स्मरण गराउँदै हरेक प्रधानमन्त्रीले भारत भ्रमणको बेला केही न केही गुमाएको बताए ।

 

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति केपी ओली भारत भ्रमण

विशेष