राजनीति भिडियो कभर स्टोरी प्रदेश २

‘नेपाल–भारत सम्बन्ध २ सय वर्ष, मधेस–भारत सम्बन्ध १० हजार वर्ष पुरानो हो’ (भिडियो)

उपेन्द्र यादवले मधेसलाई धोक दिनुभयो

‘नेपाल–भारत सम्बन्ध २ सय वर्ष, मधेस–भारत सम्बन्ध १० हजार वर्ष पुरानो हो’ (भिडियो)

काठमाडौं । वाम सरकारलाई विश्वासको मत दिएको मधेसवादी दल राष्ट्रिय जनता पार्टी सरकारमा जाने या नजाने अन्योल अझै छ ।

 

प्रधानमन्त्री केपी ओलीलाई सरकार बिस्तार गर्न सकस परिरहँदा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच सरकारमा जाने विषयलाई लिएर विवाद सुरु भयो ।

 

गठबन्धन गरी चुनावमा भाग लिएका फोरम र राजपा चुनाव सकिएको ३ महिना नबित्दै सहकार्य टुंगिएको बताउन थालेका छन् । सरकार विस्तार, फोरम–राजपा खिचातानी र राजपाको अबको यात्रा बहसका लागि राजपाका सहमहामन्त्री तथा युवा नेता डा. सुरेन्द्र झालाई नेपालआजको स्टुडियोमा बोलाएका थियौँ ।

यस क्रममा डा. झाले फोरमका नेता उपेन्द्र यादवले आफू सरकारमा जाने तयारी गरिहरँदा राजपालाई धोका दिएको बताएका छन् । यादवले राजपालाई झुक्याएको र मधेसको मुद्दा नै कुल्चिएको डा. झाको भनाइ थियो ।

 

यद्यपि राजपाले सरकारमा जाने विषयलाई प्रमुख विषय नबनाएको पनि उनको दाबी छ । बरु मधेसको मुद्दा नै आफूहरुको प्रमुख विषय रहेको उनले बताए । तर संविधान संसोधन लगायत आफ्ना मुद्दालाई सम्बोधन गर्ने निश्चितता भए सरकारमा जानसक्ने उनले बताए ।

 

फोरम र राजपाको जनाधार एउटै भए पनि फोरमले त्यो कुरा लत्याएको उनको गुनासो छ । राजपासँग पछिल्लो समय फोरमका नेताले गरेको व्यवहार मधेसका जनताको लागि पनि धोका भएको उनले बताए ।

 

‘राजपा र फोरमबीच यस्तो विषयमा एउटै मत हुनुपथ्र्यो,’ उनले भने, ‘प्रतिपक्षमा बसे पनि हामी सँगै बस्नुपथ्र्यो । हामीलाई आरोप लगाउँदै उहाँ सरकारमा जान यति हतारो गर्नु उचित हैन ।’

 

उनले आठबुँदे र २२ बुँदे सम्झौताको इतिहास स्मरण गराउँदै फोरम अध्यक्ष यादवले मधेसका मतदाताको अपमान गरेको पनि बताएका छन् ।

 

यसबाहेक प्रधानमन्त्री केपी ओलीको दोस्रो इनिङ सुरु भएको भन्दै उनले आफ्नो छवि सुधार्नुपर्ने बताएका छन् । मधेसलाई फुटाउ र राजनीति गर भन्ने रणनीति प्रयोग गर्दै फोरम र राजपाबीच फरक फरक रुपमा ‘डील’ गर्न नहुने उनको भनाइ थियो ।

 

ओली अब दलको नेतामा सिमित नभएर राष्ट्रिय नेताको रुपमा उठ्नुपर्ने भन्दै राष्ट्रिय मुद्दा सल्टाउन शुभकामना समेत दिए ।

 

‘हामीलाई पनि ओली सरकारको भारत भ्रमणप्रति कुनै आपत्ति वा कुनै आशा भरोषा छैन,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको पालामा भारतको रोहबरमा बनेको आठबुँदै सहमति कार्यान्वयनको बाटो खोलिदिए पुग्छ ।’

राजपा मधेस डा. सुरेन्द्र झा नेपाल–भारत सम्बन्ध

विशेष