News रोजगार

बन्द भए कि नवीकरण हुन सकेनन् घरेलु तथा साना उद्याेग

बन्द भए कि नवीकरण हुन सकेनन् घरेलु तथा साना उद्याेग

विभिन्न समस्याले मुलुकमा एक लाखभन्दा धेरै लघु, घरेलु तथा साना उद्योग बन्द भएका छन्। 

 

सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा एक लाख १५ हजारभन्दा धेरै यस्ता उद्योग बन्द भएका छन् कि नवीकरण नगरी राखिएका छन्। आर्थिक वर्ष ०७२ ७३ को औद्योगिक तथ्यांकअनुसार मुलुकमा तीन लाख ४८ हजार आठ सय उद्योग दर्ता भएका छन्। 

 

तीमध्ये दुई लाख ३३ हजार पाँच सय ९२ उद्योगमात्र नवीकरण भएको देखिन्छ। अहिलेसम्म दर्ता भएकामध्ये एक लाख १५ हजार हाराहारीका यस्ता उद्योग बन्द भएका वा नवीकरण नै नभएको घरेलु तथा साना उद्योग महासंघले जनाएको छ। 

 

‘विभिन्न कारणले लघु, घरेलु तथा साना उद्योग नवीकरण भएका छैनन्’, महासंघका महासचिव धर्मप्रसाद रेग्मीले भने, ‘ती उद्योग कि बन्द भएका छन् कि नवीकरण नै गरिएका छैनन्।’

 

आवश्यक तयारी नगरी उद्योग खोल्ने र पछि सञ्चालन गर्न नसकेर बन्द समस्याले कतिपय नवीकरण हुन नसकेको उनले बताए। लगानीको तयारी गर्ने तर व्यावसायिक ज्ञान र प्रविधिकमा पहुँच नहुँदा लघु, साना तथा घरेलु उद्योग बन्द हुने गरेका छन्। 

 

त्यसैगरी राम्रो उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक तालिमसमेत व्यवसायीमा छैन।‘बजारको पहुँच, कच्चा पदार्थ अभाव र बजारको अध्ययन नहुँदा उद्योग बन्द हुने समस्या छ’, रेग्मीले भने,‘आवश्यक प्रविधि नहुँदा साना उद्योग सञ्चालनमा कठिनाइ हुने गरेको छ।
 

साना लघु तथा घरेलु उद्योग

विशेष