News

व्यापारीकै दबाबमा बजार अनुगमन रोकेका महानिर्देशककाे सरूवा

व्यापारीकै दबाबमा बजार अनुगमन रोकेका महानिर्देशककाे सरूवा

पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यावसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा गरिएको छ। 

 

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन भएपछि माथिल्लो तहका कर्मचारीको सरुवा गरिएको यो पहिलोपटक हो। विभागले अनुगमन तथा कारबाहीको कार्यलाई रोक्न सरकारलाई दबाब दिँदै आएकाे थियाे । 

 

व्यापारीकै दबाबमा एक महिनादेखि बजार अनुगमन रोकेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्ततः विभागका महानिर्देशकलाई नै सरुवा गराएका छन्। 

 

विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण  विभागले खाद्य, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स, सिमेन्ट, छडलगायत क्षेत्रका ठूला व्यापारिक घरानाको ठगी तथा कालोबजारीका दुई दर्जन बढी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइसकेको छ। 
 

अापूर्ति व्यवस्थापन विभावग, सामान्य प्रशासन मन्त्रालय

विशेष