News

जिल्लाका सबै जनप्रतिनिधिलार्इ राजीनामा दिन विप्लवकाे धम्की

जिल्लाका सबै जनप्रतिनिधिलार्इ राजीनामा दिन विप्लवकाे धम्की

गाेरखा । नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा दिन जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई पत्राचार गरेको छ। 

 

नेकपाको संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको 'लेडरप्याड' मा पत्र आएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए।  ‘हामीलाई आएको पत्रमा सबै पद खाली गराउनु भनेर लेखिएको छ’, पन्तले भने ‘यो पत्रको अाधिकारिकता र अौचित्यबारे थाहा भएन।’

 

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखाको स्थानीय तहमध्ये केहीमा कार्यालयमै पुगेर र केहीमा हुलाकमार्फत पत्र पठाएको सो पार्टीले गठन गरेको जनपरिषद् गोरखाका संयोजक विष्णु रिजालले जानकारी दिए।

 

‘अहिलेको संसदीय व्यवस्थाको हामी विरोधी हौँ’उनले भने, ‘संसदीय व्यवस्थाबाट चुनिएर आएका जनप्रतिनिधि भनिएकाहरु कोही ठेकेदार छन्, कोही भ्रष्टाचारी, कोही गुण्डा। यस्तासँग जनताले के अपेक्षा गर्ने? पहिलो चरणमा पद खाली गर्न पत्र पठाएको र अटेर गरे थप दबाबमूलक दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले बताए। 

 

यसअघि गत चैत १९ गते राति जिल्ला प्रहरी कार्यालय गोरखाले नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पक्राउ गरेको थियो। भीमसेन गाउँपालिका स्थित डोजर जलाएको, गण्डकी गाउँपालिकामा एनसेल टावरमा आगजनी गरेकोलगायतका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
 

विप्लव

विशेष