News प्रदेश १

चट्याङ लागेर ६ जना घाइते

चट्याङ लागेर ६ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१३ मोहनटारमा चट्याङ लागेर छ जना घाइते भएका छन्। 

 

साँझ ७ बजेतिर परेको  चट्याङ लागेर ७० वर्षीया  जलसरी राई,  ४६ वर्षीया हिरामाया जोगी, २५ वर्षीया सीता राई, १६ वर्षीया सविना राई,  ४० वर्षीय खेतबहादुर सुनुवार र १६ वर्षीय तारा कार्की  घाइते भएका हुन्। 

 

घाइतेहरूको  उपचार कटारी अस्पतालमा भइरहेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिएका हुन्।
 

चट्याङ उदयपुर

विशेष