News समाज प्रदेश ३

चट्याङ लागेर चार जना घाइते

चट्याङ लागेर चार जना घाइते

चितवन । चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारी चौरमा चट्याङ लागेर चार जना घाइते भएका छन्। गाईबाख्रा चराउन गएका उनीहरुलाई बुधबार साँझ चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

 

घाइते हुनेमा रत्ननगर नगरपालिका–१५ पिठुवाकी  १२ वर्षीया ज्योति परियार, १० वर्षीया सिम्रन परियार,नौ वर्षीया काजल परियार र ४० वर्षीया शुशिला परियार रहेको प्रहरीले जानकारी दिएको छ।  

 

उनीहरुमध्ये शुशिलाको खैहनीस्थित मेडिकल र अन्यको भरतपुर अस्पतालमा उपचार भैरहेको छ। चट्याङले सात वटा बाख्रा मरेको प्रहरीले जानकारी दिएका छ।
 

चट्याङ चितवन

विशेष