News पर्यटन प्रदेश ६

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

वैशाख १ देखि राराताल वरिपरि फ्री वाइफाइ

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ। 

 

रारा कर्णाली पर्यटन वर्ष–२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्री वाइफाइ सेवा जडान गर्न लागिएको हो। 

 

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्री वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्। 

 

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउन तथा उनीहरूलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइ व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिइन्। 

 

रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोन सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिइन्।
 

रारा ताल

विशेष