बलिउड अभिनेता सलमान खानलार्इ ६ वर्षसम्म जेल सजाय हुन सक्ने
भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।
खानले दुई वटा कालो हरिणलाई चलचित्र छायांकनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए।
उक्त अभियोग लागेका अन्य तीन अभिनेतालाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।
खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुन सक्छ। तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।
सलमान खान, कालाे हरिण