वैशाख ९ मा पार्टी एकता गर्न अाेली र प्रचण्ड सहमत

काठमाडाैं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाख ९ गते पार्टी एकता गर्न सहमत भएका छन् ।
बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुवै अध्यक्षले पार्टी एकताका लागि गठित दुई कार्यदलको सिफारिसका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने सहमति जनाएका हुन् ।
यसका लागि दुवै नेताले पार्टीभित्र आन्तरिक छलफल गरी निर्देशन दिने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
संगठनात्मक स्वरुप निर्धारण र विधान मस्यौदा समिति गरी दुई कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण गर्ने र सहमति हुन बाँकी विषयमाथि छलफल सुरु गरिएको उहाँले जानकारी दिए ।
ओली भारत भ्रमणबाट फर्केपछि सहमति हुन बाँकी विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।