'निर्माण सामग्री बढी प्रयाेगले नबन्दै भत्कियाे कालाेपत्रे'
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडकको काम पूरा नहुँदै कालोपत्रे उक्किएको छ ।
काम नै सम्पन्न नभर्इ सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयतामाथि प्रश्न उठेको छ ।
मन्थलीदेखि रामेछापसम्मको १७ किलोमिटर लामो सडकको कालोपत्रेको काम सन् २०१७ फेब्रुअरीसम्म पूरा गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रालिले जिम्मा लिएको थियो ।
वर्ष दिन ढिलो गरी हालै काम पूरा भएको सो सडक १४ करोड ६५ लाख रुपैयाँमा निर्माण कार्य पूरा गर्नेगरी सो कम्पनीले काम जिम्मा लिएको हो । सडकको नाली बनाउने तथा पाइप राख्ने, कालोपत्रे गर्ने र अन्य काम पूरा भएको छ ।
सडकको काम पूरा गरिसकेको निर्माण कम्पनीले गरेको काम गुणस्तरीय नभएको स्थानीय उपभोक्ताले सुरु देखिनै गुनासो गर्दै आएका थिए ।
सडक निर्माणको क्रममा लगाइएको पर्खाल तथा नालीमा सिमेन्टको मात्रा कम प्रयोग भएको तथा पर्याप्त पानी नहाल्दा पर्खाल र नाला कमजोर भएको भन्दै स्थानीयले पहिलादेखि नै गुनासो गर्दै आएकोमा अहिले पिचको काम सकिनासाथ कालोपत्रे उक्किएपछि काम गुणस्तरीय नभएको प्रमाणित भएको छ ।
सिमेन्ट बालमा क्युरिङ नगर्दा नाली ठाउँ ठाउँमा भत्किएको र पर्खाल बालुवाको जस्तो भएको सडकको पिच समेत गुन्दि्र बेरेझै बेरिएर उठेको छ ।
सडकको रामेछाप बजारको भागमा बीचबाटै सडकको कालोपत्रे उक्किएको छ । ‘सडक निर्माणको काम पुरा नहुँदै पिच उक्किनु आश्चर्यको विषय हो’,गैसस महासंघका पूर्वअध्यक्ष वीरेन्द्र श्रेष्ठले भने । उनले यस विषयमा छानविन गरी आवश्यक कारबाही गर्नु पर्ने बताए ।
ठेकेदारको लापरवाहीले गर्दा सडक बनिनसक्दै भत्किँदा पनि यस विषयमा भने सरोकारवाला निकाय गम्भीर देखिएन ।
डिभिजन सडक कार्यालय सिन्धुलीका प्रमुख राकेश महर्जन कालोपत्रे भत्किएको बारेमा आफूलाई थाहा भएको भए पनि त्यो सामान्य भएको बताउँछन् ।
उनले सडक पिच गर्दा प्रयोग गरिने सामान कम भएर नभर्इ बढी भएर सडक भत्किएको बताउँछन् । उनले भने,’सो सडकमा कालोपत्रे गर्दा विटुमिन बढी हालिएकोले यस्तो भएको हो । कालोपत्रे गर्दा चिसो मौसममा गरिएको हुँदा बढी बिटुमिन प्रयोग भयो । अहिले गर्मीमा विटुमिन पग्लिएर सडक भत्किएको हो ।
उनले अझै सो सडकका विभिन्न मोडहरुमा सडक यसैगरि भत्कन सक्ने बताए । ‘विगि्रएको ठाउँमा निर्माण कम्पनीले नै मर्मत गर्छ, यसमा आत्तिनुपर्ने कुरा छैन’, उनले भने ।
सरोकार समिति बेपत्ता
सडक निर्माणको क्रममा उपभोक्ताको तर्फबाट निर्माण कार्यको गुणस्तरीयता अनुगमन गर्न प्रभावित क्षेत्रको आम भेलाले सरोकार समिति पनि बनाएको थियो । तर, त्यो समिति नाममा मात्र सीमित रहृयो ।
समितिले सुरुदेखिनै गुणस्तरीय काम नहुँदा पनि कतै आवाज उठाएको पाइएन । उसले निर्माण कार्यको निगरानी गर्नुपर्नेमा त्यसमा कुनै चासो दिएको छैन । समितिकको एक पटक पनि बैठक नबसेको समितिका सदस्यहरु बताउँछन् ।
सडक निर्माण