News राजनीति

रेशम चौधरीलाई ‘निर्दोश’ भन्न आएको टोलीलाई ओली, देउवा र प्रचण्डले भेटेनन्

रेशम चौधरीलाई ‘निर्दोश’ भन्न आएको टोलीलाई ओली, देउवा र प्रचण्डले भेटेनन्

काठमाडौं । टिकापुर घट्नाका मुख्य आरोपी रेशम चौधरी सहित अरुलाई निर्दोश दावी गर्दै आएको एक समूहलाई प्रधानमन्त्री केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भेट्न समय दिएनन् । उनीहरुले भेट्नै नचाहेका त्यो समूहले आरोप लगाएको छ ।

 

 ‘राजबन्दी पीडित परिवार संघ’ नामको एक संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिकापुर घटनामा संलग्न भएको आरोपमा थुनिएका २ नाबालकसहित २६ जनालाई तत्काल रिहाई गर्न माग गरेको छ । 

 

  नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरकी अध्यक्ष प्रेमवती रानाले कैलाली घटनाको बारेमा सरकार बेखबर बनेको आरोप लागाईन्। 

 

उनले भनिन्,‘हामी चैत १७ गते राजधानीमा पुग्यौं, हामीले १८ गते नै प्रधानमन्त्रीसँग समय लिने भनेका थियौँ तर प्रधानमन्त्रीको समय नभएर हामी १९ गते बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पग्यौँ, अचानक समय नभएको भनेर फोन आयो । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समय मागेको तर उनले पनि समय नदिएको जानकारी दिईन् । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि समय माग्दा समय दिन्छु भनेर झुक्याएको उनको गुनासो थियो ।

 

  पीडित परिवार संघका संयोजक धनकुमार चौधरीले कैलाली घट्नाकोबारेमा तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे। 

 

  उनको दावी छ, “हाम्रो माग सत्यतथ्य बाहिर ल्याउनुपर्छ भन्ने हो, उक्त घट्नाको दिन लक्ष्मण कपिलवस्तुमा हुनुहुन्थ्यो, लाहुराम चौधरी धनगढि थिए, रेशम चौधरी बर्दिया थिए, यस्ता धेरै उदाहरण छन्, उनीहरु कोहीपनि दोषी छैनन्, दोषी हुने कुनै आधार छैन् ।’

 

कैलाली घट्ना राजनीतिक भएको भन्दै पीडित परिवार संघले कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद रेशमलाल चौधरीलाई प्रमाणपत्र प्रदान गर्नुपर्ने, कैलाली घट्नाका आरोपित तथा झूठा मुद्दा फिर्ता गरि क्षतिपूर्ति प्रदान गर्नुपर्ने, ८ भदौ २०७२ को दिन तोडफोड र जलाईएका सम्पतिको क्षतिपुर्ति प्रदान गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ।  

विशेष