News देश

सरकारकै संरक्षणमा ट्याक्सीमा सिन्डिकेट मौलाउँदै

सरकारकै संरक्षणमा ट्याक्सीमा सिन्डिकेट मौलाउँदै

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेटविरुद्ध आक्रामक  देखिएको सरकारले ट्याक्सीमा सिमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ ।

 

पुराना ट्याक्सी विस्थापित गरी खुला रुपमा नयाँ ट्याक्सी दर्ता गर्ने गर्ने वातावरण नबनाई सरकारले एकाधिकारको संरक्षण गरेको पाइएको हो ।

 

२० बर्ष पुराना ट्याक्सी दर्ता खारेज गरी नयाँ भित्र्याउन सरकार नै बाधक देखिएको छ । 

 

यातायात अधिकारकर्मी रामबहादुर थापा व्यवसायीको दबाबमा सरकारले ट्याक्सीमा अघोषित एकाधिकार लाद्दै आएको बताउँछन् ।

 

उनले भने, 

-सरकारले ट्याक्सी दर्ता प्रक्रिया रोकेको मात्रै छैन । २० बर्ष पुराना ट्याक्सीलाई फेरि सट्टा दर्ता गर्न दिएर एकाधिकारमा मलजल गरिरहेको छ ।

-त्यसो गर्दा ट्याक्सीमा पनि सिन्डिकेट मौलाउँदै गएको छ ।

यो समाचार आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

सिन्डिकेट ट्याक्सी संरक्षण

विशेष