News समाज

गायक राजेशपायल राई चढेको गाडी दुर्घटना

भनेः सामान्य चोट लाग्यो सुरक्षित छु

गायक राजेशपायल राई चढेको गाडी दुर्घटना

काठमाडौँ । चर्चित गायक राजेशपायल राई सवार गाडी दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा राई चढेको गाडी गुल्मीकै दुबेचौरमा दुर्घटनामा परेको हो ।

 

विपरित दिशाबाट आइरहेको अर्को जीपसँग ठक्कर खाएर राई सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनापछि गायक राईको टाउको र घाँटीमा सामान्य चोट लागेको छ । राईसँगै रहेका उनका साथी परमानन्द खनाललाई पनि केही बढी चोट लागेको छ ।

 

‘हामी सवार गाडी र अर्को सानो गाडी ठक्कर खाँदा म पनि सामान्य घाइते भएँ, तर म अहिले सुरक्षित तम्घासमा छु’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘तर, मेरो साथी र अर्को गाडीका यात्रु घाइते भएका छन् । अर्को गाडीका केही यात्रुलाई अस्पताल नै भर्ना गर्नुपरेको छ ।’

गाडी दुर्घटना गायक राजेशपायल गुल्मी महोत्सव

विशेष