News समाज

‘पोर्नस्टार’ अर्चना पनेरुका श्रीमान् प्रहरीको फन्दामा

‘पोर्नस्टार’ अर्चना पनेरुका श्रीमान् प्रहरीको फन्दामा

काठमाडौं । पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चना पनेरुका श्रीमान् अमेरिकन नागरिक उल्फ प्राइस पक्राउ परेका छन् । अश्लील कार्यमा संग्लन रहेको आरोपमा ५३ वर्षीय प्राइसलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । 


उल्फले बलम्बुमा एक घर भाडामा लिएर खुलेआम अश्लील कार्य गर्दै आएपछि स्थानीयको उजुरीपछि उनी पक्राउ परेका छन् । उनीसँगै केही मात्रामा गाँजा, सयौं थान कण्डमलगायत यौनजन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ । उनले आफूले भाडामा लिएको घरमा युवती ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले आफू समाजसेवी भएको भन्दै १५ वर्षमुनिका ३ जना बालकलाई त्यही घरमा राखेका थिए । 


प्रहरीले उल्फलाई प्रहरी परिसर टेकुमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी मोहन थापाले बताए । अर्चना पनेरुले भने केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले विवाह नगरेको दाबी गरेकी थिइन् । उनले आफू एक्लै भएको र विवाह भनेर यसअघि उल्फसँग सार्वजनिक गरिएको तस्वीर प्रेम दिवसका लागि त्यत्तिकै खिचिएको लेखेकी थिइन् । 


त्यसअघि केही समयअघि उनले उल्फसँग विवाह गरेको भन्दै फेसबुकमा नै जोडीको फोटो पोस्ट गरेकी थिइन् । 

अर्चना पनेरु उल्फ प्राइस अश्लील कार्य पोर्नस्टार

विशेष