News विदेश

बेलायतलाई रुसले भन्याे आगोसँग नखेलेकै राम्राे

बेलायतलाई रुसले भन्याे आगोसँग नखेलेकै राम्राे

झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको छ। सलिसबरी जासुस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मुख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको बताए। बेलायतको आरोप अर्थहीन भएको उनको भनाइ छ। 


पूर्वजासुस प्रकरणमा रुसको हात रहेको आरोप बेलायतले लगाएको छ भने रुसले अस्वीकार गर्दै आएको छ। राष्ट्रसंघका लागि ब्रिटिश दूत करिन पियर्सले भने कुनै पनि किसिमको छानबिनका लागि तयार रहेको बताइन्। आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै छलफलका लागि रुसले सुरक्षा परिषद्को विशेष बैठक आह्वान गरेको थियो । 


बैठकमा नेबेन्जिआले औचित्यहीन विषय उचालेर ब्रिटेनले 'प्रोपोगाण्डा' युद्ध गरिरहेको आरोप लगाए। रुसलाई बदना गर्नकै लागि विष पिलाउने दुष्कर्ममा रसियाली नामसँग मिल्ने नशाका दलाल नोभिचोकलाई प्रयोग गरिएको उनको भनाइ छ। पूर्व रुसी जासुस सरर्गेई स्क्रिपल र उनकी छोरी युलियालाई विष खुवाएर मार्ने षड्यन्त्र गरेको आरोप रुसमाथि लागेको छ। रुसले भने आरोप अस्वीकार गर्दै आएको छ।
 

बेलायत रुस चेतावनी

विशेष