बैंकलाई कारबाहीको सट्टा सहुलियत

काठमाडौं । निर्धारित समयमा चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तिय संस्थालाई कारबाही गर्नुको साटो राष्ट्र बैंकले विशेष सुविधा दिएको छ ।
नयाँ व्यवस्थाअनुसार तोकिएको चुक्ता पुँजी नपुग्ने बैंक तथा वित्तिय संस्थाले कल इन एडभान्समा रहेको रकम, मर्जर तथा एक्विजिसनमार्फत भएको बचत र प्रिमियममा सेयर निष्कासन गर्दा हुन गएको बचतलाई पनि चुक्ता पुँजीमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।
बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
समाचारमा लेखिएको छ, यद्यपी यो निर्णय निर्देशनका रुपमा आउन केही दिन लाग्छ । यो समाचार आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको छ ।
कारबाही बैंक तथा वित्तिय संस्था सहुलियत