असिनापानीले बालीनाली तथा फलफूल नष्ट

डोटी । आर्दश गाउँपालिकामा बिहीबार परेको असिनापानीले बालीनालीमा क्षति पुर्याएको छ।
बिहीबार दिउँसो परेको असिनाले कृषकको गहुँबाली, फलफूल तथा तरकारी नष्ट पारेको स्थानीय छत्रकमल पाठकले जानकारी दिए।
भित्र्याउन तयार रहेको गहुँबालीमा एक फिटसम्म परेको असिनाले क्षति पुगेपछि कृषक चिन्तित बनेका छन्। तीन वर्षदेखि लगातार असिनाले गहुँबालीमा यसरी क्षति पुर्याइरहेको कृषक कृष्ण लुहारले बताए।
असिनाले कृषकका अन्न र फलफूल बालीमा पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको आदर्श गाउँपालिकाका कार्यकारी अधिकृत विश्वकुमार श्रेष्ठले बताए।