News प्रदेश ३

गृह र अर्थ मन्त्रालयलगायतमा सचिव हेरफेर, काेकाे कता परे

गृह र अर्थ मन्त्रालयलगायतमा सचिव हेरफेर, काेकाे कता परे

सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए।

 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो।

 

त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

 

गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा र अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालय

विशेष