घाेडाघाेडी नगरपालिकाका मेयरमाथि अाक्रमण गर्ने विप्लव कार्यकर्ता रिहा
कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत कैलालीले धरौटी र तारेखमा रिहा गरेको छ ।
आरोपितमध्ये ४ जनालाई जनही ४५ हजार घरौटी र एक जनालाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो ।
घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नं ९ का ३६ वर्षीय भरतबहादुर शाह, टीकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी र लम्की चुहा नगरपालिका ६ का ३० वर्षीय नरेन्द्र बिक जनही ४५ हजार धरौटीमा रिहा भएका हुन् ।
घोडाघोडी नगरपालिका ८ का ३० वर्षीय पूर्णप्रसाद खनाल भने सामान्य तारेखमा रिहा भएका छन् । उनीहरु सबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता रहेका कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
गत फागुन २८ गते राति सवा आठ बजेतिर आफ्नै घरमा बसिरहेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली र धारिलो हतियार प्रहार गरी घाइते बनाएको अरोपमा उनीहरु पक्राउ परेका थिए ।
मेयर चौधरीले आफूलाई आक्रमण गर्नेलाई नचिन्ने भन्दै प्रहरीले आफ्नो परिवारका मान्छेलाई जबर्जस्ती उजुरी दिन लगाएको अभिव्यक्ति दिएका थिए ।
घाेडाघाेडी नगरपालिका ममताप्रसाद यादव