News समाज प्रदेश ६

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

मध्यरातमा एक्कासी सुख्खायामको बाढी आएपछि...

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटमा गएराति आएको बाढीले काटेको गुहँबाली बगाउँदा कृषक पिरलोमा परेका छन् । गहुँ भित्र्याउने बेला बाढीले बगाएर काम नलाग्ने भएपछि यहाँका कृषक पिरलोमा परेका हुन् ।

 

स्थानीय पात्ले खोलामा आएको बाढीले ८२ घरधुरीभन्दा बढि स्थानीय कृषककोे बाली बगाएको छ । उक्त क्षेत्रको करिब १ सय १५ रोपनी जग्गामा लगाएको गहुँ बाली, चना, मुसुरो, आलुलगायतका खाद्यन्न बाली बगाएको हो ।

 

बर्षभरी खाने अन्नबालीले बाढीले बगाएपछि अब बर्षभरी के खाने र कसरी गुजारा धान्ने भन्ने पिरलोमा परेको पीडित हरिबहादुर विकले दुखेसो पोखे । ‘हामी सुतिरहेका थियाैं, राती २ बजे एक्कासी बाढी आयो ।’

 

उनले भने, ‘धन्न मैले थाहा पाएर छोराछोरी सबैलाई उठाएर घरबाहिरै निस्कियौँं ।’ फेरि थपे, ‘अब वर्षभरी खाने अन्न बगायो कसरी जहान परिवार पाल्ने हो ।’ 

 

बाढीले स्थानीय लक्ष्मी कामीको घर भत्काएको छ भने अन्य पाँच जनाको घरमा दरार आएको छ । उक्त क्षेत्रमा बाढीले विकास निर्माणका पूर्वाधारमा समेत क्षती पु-याएको छ । खानेपानीको पाईप २०० मिटर बगाएको छ । 

 

त्यस्तै, नाराखोला पुल निर्माणका लागि जम्मा पारिएको सबै बालुवा, गिट्टिलगायतका सामग्री बगाएको ११ का वडाअध्यक्ष टिकाराम सुवेदीले जानकारी दिए ।  भौतिक विकास तथा पूर्वाधारमन्त्री खड्ग खत्रीले पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाढी सुर्खेत सुख्खायाम

विशेष