निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो
काठमाडौँ । चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ, तर अस्पतालअनुसार फरक–फरक हेर्दा डेलिभरीको प्रतिशत अपत्यारिलो छ ।’
सरकारी स्वास्थ्य संस्थाको अवस्था सामान्य रहे पनि निजी अस्पतालको अवस्था भने दयनीय रहेको उनले बताए । निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढेको देखिएको बिजुक्छेले जानकारी दिए ।
उपत्यकाका एक हजार स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा दर्ता भएका छन् । उनीहरूले उपलब्ध गराएको तथ्यांक हेर्दा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी डेलिभरी अप्रेसनका माध्यमबाट हुने गरेको छ ।
शभरको समग्र तथ्यांक हेर्दा नेपालले आवश्यक टार्गेट पनि पूरा गरेको छैन । जम्मा सात प्रतिशत मात्रै डेलिभरी अप्रेसनका माध्यमबाट भएको देखिन्छ,।सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी शल्यक्रिया ओम अस्पताल, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र बयोधा अस्पतालमा हुने गरेको छ ।
उनीहरूले समयअगावै गर्भवती महिलालाई मानसिक रूपमा तयार रहन आग्रह गर्ने र नमाने समस्या आउने भन्दै सल्लाह दिने गरेको उनीहरूले गुनासो गरेका छन् । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
सिजेरियन बढ्यो निजी अस्पताल