विदेश

अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि प्रतिबन्ध

अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका सहयोगीमाथि प्रतिबन्ध

अमेरिका । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसी राष्ट्रपति पुटिनका सात जना नजिकका सहयोगी, १७ जना वरिष्ठ सरकारी अधिकारी तथा केही रुसी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

 

प्रतिबन्ध लगाउने घोषणा गरेका रुसी व्यक्ति तथा कम्पनीमाथि विश्वभर हानिकारक गतिविधि सञ्चालन गरेको अमेरिकाले आरोप लगाएको छ । प्रतिबन्ध लाग्नेमा राष्ट्रपति पुटिनका बडीगार्ड र ज्वाईँ पनि रहेका छन् । 

 

अमेरिकाले रुसका उच्च स्तरका व्यक्तिका १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी तथा एउटा बैंकमा प्रतिबन्ध लगाएको हो । अमेरिकाले प्रतिबन्ध मात्रै लगाएको तर यसको अर्थ रुससँग सम्बन्ध तोडिएको भन्ने नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

 

अमेरिकी प्रतिबन्धको आलोचना गर्दै रुसले कडा कदम चाल्ने चेतावनी दिएको छ । 

अमेरिका भ्लादिमिर पुटिन रुसी

विशेष