News देश

मौसममा आएको खराबीले आन्तरिक उडान प्रभावित

मौसममा आएको खराबीले आन्तरिक उडान प्रभावित

काठमाडाैं । मौसममा आएको खराबीको कारण त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ। विहानैदेखि आन्तरिक उडान नहुँदा यात्रुहरु समस्यामा परेका छन्। 

 

माउन्टेन फ्लाइटबाहेकका आन्तरिक उडान हुन नसक्दा विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रुको घुइँचो लागेको छ। तर अन्तर्राष्ट्रिय उडानमा भने मौसमको कुनै प्रभाव परेको छैन।

 

काठमाडौंको मौसमले नभएर बाहिरको मौसममा खराबी आएका कारण उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

 

मौसम सफा नभएका कारण लुक्लाका लागि उडेका सबै एयरलाइन्सका उडान डाइभर्ट गरिएको छ।

मौसम हवाई उडान

विशेष