विदेश

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको सरुवा

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको सरुवा

 राजस्थान । राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ । कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको जमानत अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश रवीन्द्रकुमार जोशीको पनि सरुवा भएको छ । 

 

सलमानले जमानतका लागि दिएको अपीलमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीको सरुवा भएपछि अब सुनुवाईमा ढिलाई हुन सक्ने सम्भावना रहेको छ । यसअघि शनिबार जोशीले सलमानको जमानतबारे फैसला गर्ने सुनाउने सम्भावना रहेको थियो । 

 

सलमानको जमानतका बारेमा सुनुवाई गरिरहेका न्यायाधीश जोशीलाई जोधपुरको सिरोहमा सरुवा गरिएको छ । उनको ठाउँमा भिलवाडाका न्यायाधीश चन्द्रकुमार सोंगरा आउनेछन् ।

 

त्यस्तै न्यायाधीश खत्रीको ठाउँमा उदयपुरका अतिक्ति मुख्य न्यायिक मजिस्ट्रेट समरेन्द्र सिंह सिकारवार आउनेछन् । सन् १९९८ मा चलचित्र ‘हम साथ साथे हे’ छायांकनका क्रममा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

सलमान खान न्यायाधीश सरुवा

विशेष