News

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । 

 

भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ मिलेको हो । यद्यपी ओलीले नेपालमा जहाज चलाउनेभन्दा पनि विदेशमा नेपाली झन्डा रहेको जहाज चलाउने बताएका थिए ।

 

 भारतीय प्रधानमन्त्री मोदीले समुन्द्रदेखि नेपालसम्म्म पानी जहाज सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका हुन् । निकै महँगो परियोजना रहेको भए पनि सप्तकोशी उच्च बाँधसँग समेत जोडिने जलमार्ग सञ्चालन गर्न भारतले सहयोग गर्ने घोषणा गरेको हो  ।

 

चीनले काठमाडौंलाई आफ्नो रेल सञ्जालले जोड्ने प्रसंग चलिरहेका बेला भारतले पनि उस्तै घोषणा गरेको छ । याे खबर आजको कान्तिपुर दैनिकमा छ । 


 

जलमार्ग चीन भारत रेलमार्ग

विशेष