शेयर बजारमा उच्च वृद्दि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से ४४ दशमलव २६ अंकले बढेको छ । नेप्से ४४ दशमलव २६ अंकले बढेर १२९४ दशमलव ६५ अंकमा पुगेको छ । आइतबार १७६ कम्पनीको २३ लाख १२ हजार कित्ता सेयर ९१ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।
आइतबार गत हप्ताको अन्तिम दिनभन्दा झण्डै ३० करोडले कारोबार बढ्दै झण्डै ९२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा सेयरबजारप्रति लगानीकर्ताको विश्वास बढेको विश्लेषकहरुको अनुमान छ ।