News अपराध सुरक्षा

विमानस्थलमा ८ वटा सुनका बाला बरामद

विमानस्थलमा ८ वटा सुनका बाला बरामद

काठमाडौं । सुन तस्करीमा संलग्न एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। 

 

धनुषा भंगाहा–८ बस्ने २३ बर्षीय प्रदिप ठाकुरलाई  करिब ४ सय ग्राम सुनसहित शनिबार प्रहरीले पक्राउ गरेको हो। उनीसँग ८ वटा सुनका बाला बरामद भएको प्रहरीले पक्राउ गरेको हो। 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियामा विदेशबाट आगमन भएका विभिन्न यात्रुसँग उक्त सुनको बाला लिईरहेको अवस्थामा प्रदिपलाई प्रहरीले फेला पारी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। भन्सार कार्यालयले उनीमाथि कारबाही अघि बढाएको छ। 

सुन तस्करी पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विशेष