News अर्थ

परराष्ट्र मन्त्रालयमा नौ करोडको टेन्डर अनियमितता

परराष्ट्र मन्त्रालयमा नौ करोडको टेन्डर अनियमितता

काठमाडौं । सार्वजनिक खरिद पुनरवलोकन समितिले केही समयअघि परराष्ट्र मन्त्रालयको हवाई टिकट खरिद सम्झौताअन्तर्गत ९ करोड रुपैयाँको टेन्डर प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।



समिति अध्यक्ष शंकरप्रसाद पाण्डे तथा सदस्यहरू लवराज श्रेष्ठ र प्रकाश पौडेलले संयुक्त रूपमा टेन्डर रद्द गर्दै प्रक्रियामा सहभागी परराष्ट्रका पदाधिकारीमाथि समेत कानुनअनुसार कारवाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

 

समिति सदस्य श्रेष्ठले गहिरो छानबिनपछि टेन्डरमा अनियमितता भएको पाइएपछि रद्द गरिएको जानकारी दिए । समितिको निर्णयअनुसार परराष्ट्रले ९ करोडमा दिएको टेन्डर प्रक्रिया रद्द गरेर फेरि नयाँ प्रक्रिया थाल्न लाग्दा सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु गर्न रोकेपछि टेन्डर प्रक्रिया अवरुद्ध भएको छ। 

 


टेन्डर पाएको सिलिङक ट्राभल्स एन्ड टुर्स प्रालि पुनरवलोकन समितिको निर्णयविरुद्ध सर्वोच्च गएलगत्तै सर्वोच्चले टेन्डर प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले सबै प्रक्रिया रोकिएको हो।

 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव भरतराज पौडेलले समितिको निर्णयअनुसार नयाँ टेन्डर प्रक्रिया अघि बढाउन खोजिए पनि फेरि सर्वोच्चले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले अवरुद्ध भएको जानकारी दिए ।  याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
 

परराष्ट्र मन्त्रालय टेन्डर

विशेष