News समाज प्रदेश ५

भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी

भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी

काठमाडौं । बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा  भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान साढे ४ बजेदेखि लागेको आगलागी ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । 

 


नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र बुटवल, सिद्धार्थनगर सहित नवलपरासी र  कपिलवस्तुबाट झिकाएका ४ वटा दमकलका साथै स्थानीयको सहयोगमा बिहान साढे ८ बजे आगलागी नियन्त्रण्मा लिन सफल भइएको  उनले बताए । 


आगलागी विद्युत सर्ट भएर भएको बताइएपनि एकीङ हुन सकेको छैन । आइतबार आगलागी भएको भाटभटेनी  बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको छ  ्र एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले गत वर्षमात्रै उक्त सुपरमार्केट संचालनमा आएको थियो   ।  यसबारे थप विवरण अझै आउन बाँकी छ  ।

आगलागी बुटवल भाटभटेनी सुपरमार्केट

विशेष