विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कार्यालयमा भीषण आगलागी, एकको मृत्यु

अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कार्यालयमा भीषण आगलागी, एकको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी भएकाे छ । उक्त अागलागीमा परि एक जनाको मृत्यु भएको हाे । 

 

मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी ५० अाैं तलामा रहेको जनाइएको छ । आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन्।

 

आगलागीको कारणबारे प्रष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको प्रयासको प्रशंसा गरेका छन्।
 

राष्ट्रपति डोनाल्ड ट्रम्प अागलागी निजी कार्यालय

विशेष