करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा शनिबार राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २५ वर्षीया अमेरिकादेवी साहको रहेकाे प्रहरीले जनाएको छ । आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।