चट्याङ लागेर एकको ज्यान गयो, एकजना घाइते
अछाम । अछाममा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
चौरपाटी – ३ गगुडामा शनिबार स्थानीय रमेश कामीको घरमा परेको चट्याङ लागेर १० महिने छोरा आयुष कामीको ज्यान गएको छ भने १६ वर्षीया बहिनी सीता कामी जलेर गम्भिर घाइते भएकी अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जनाकारी दिए ।
चट्याङ लागेर रमेशका गोठमा रहेका पाँच बाख्रा र एक गोरुसमेत मरेको प्रहरीले जनाएको छ । त्यस्तै शनिबार राति हावाहुरीसँगै परेको असिना पानीले जिल्लाका अधिकांश क्षेत्रको अन्नबालीमा क्षति पु¥याएको छ ।
बालीनाली नष्ट हुँदा कृषकहरु चिन्तामा परेका छन् । हावाहुरीका कारण शनिबार बेलुकीदेखि नै बिजुलीसमेत बन्द भएको छ ।
अछाम चट्याङ