विदेश

सलमानमाथि सोफियाको हमला, पैसाले न्याय किनेको आरोप

सलमानमाथि सोफियाको हमला, पैसाले न्याय किनेको आरोप

कालो हरिणको सिकार प्रकरणमा जेल पुगि जमानतमा रिहा भएका बलिउडका सुपरस्टार अभिनेता सलमान खानमाथि अभिनेत्री तथा बिग बोसकी सहभागी सोफिया हायतले पैसामा न्याय खरिद गरेको आरोप लगाएकी छन्।

 
शनिबार सलमान जमानतमा रिहा भएपछि उनका प्रसंसकहरुले खुसी व्यक्त गरिरहेको समयमा यी अभिनेत्रीले भने दुःख व्यक्त गरेकी छन्।


सामाजिक सञ्जालमा सलमानका विरुद्ध लेख्दै उनले भारतीय मुद्राको फोटोसमते राखेकी छन्। यासका साथै उनले लेखेकीछन्, ‘जुन जरुरी कागजात जम्मा गरेपछि सलमानको जमानत मिलेको छ, त्यसैगरी सबैका साथमा यसप्रकारका कागजात भए उनीहरुलाई अदालत जान जरुरी नै भएन। सलमानले यस कुरालाई प्रमाणित गरिदिए कि भारतमा न्यायभन्दा धेरै भ्रष्टचार फैलिएको छ।’


अन्तमा उनले जो जो भारतीय कानुनमा विश्वास गर्छन उनीहरुप्रति मेरो सहनुभूति छ भनेर समेत लेखेकी छन्।


बिहीबार सलमानका विपक्षमा फैसला भएपछि सोफिया निकै खुसी बनेकी थिइन्। उनले सामाजिक सञ्जालमा सलमानको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘आखिर तिमीलाई कर्मको फल मिल्यो। धेरैजसो मानिस सलमानका विरुद्धमा बोल्न डराउँछन् किनभने उनीहरुलाई लाग्छ कि सलमानले बलिउड नियन्त्रण गरेका छन्। तर म कसैसँग डराउँदिन। म खुसी छु कि जुन काम सलमानले गरेका थिए त्यसैका लागि उनी जेल जानुपर्यो।’


भारतीय मुलकी ब्रिटिस मोडल सोफियाले २०१३ मा बिग बोस–७ मा सहभागी भएर सलमानसँग बहस गरेकी थिइन्।


शनिबार सलमान जेलबाट रिहा भएर मुम्बइ फर्किएपछि अभिनेत्री कैटरिना कैफ, मलाइका अरोडा, अमृता अरोडा, महेस मान्जेरेकर, डेजी शाह लगायतका बलिउडकर्मी उनको घरमा पुगेका थिए।

सलमान आरोप न्याय  सोफिया

विशेष