नाडाको अध्यक्षमा दाहाल र कंडेलबीच प्रतिस्पर्धा

काठमाडौं । नाडाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा शम्भुप्रसाद दाहाल र रामप्रसाद कँडेल उम्मेदवार दिएका छन् । भोली सोमबार हुन लागेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि नेतृत्व चुन्ने भएको हो ।
अध्यक्ष पदका लागि दाहाल र कंडेलबीच कडा प्रतिस्पर्धामा हुने देखिएको छ । गत फाल्गुन ३० गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नाडाले ४१ औ साधारणसभा तथा निर्वाचन सम्पन हुन लागेको हो ।
दाहाल टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको सञ्चालक समितिमा छन् । उनीसँग लामो समय सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत भएका काम गरेको अनुभव छ । नाडाले आयोजना गर्ने नाडा अटो शोको उनले धेरै पटक संयोजक भएर जिम्मेवारी पूरा गरिसकेका छन् । उनी अघिल्लो कार्यकालमा नाडाको उपाध्यक्ष पदमा थिए ।
कँडेल नाडाको दुई वर्षसम्म उपाध्यक्ष पदमा रहेर जिम्वारी समालिसकेका छन् । उनी ०६५ र ०६७ को कार्यसमितिमा उपाध्यक्ष थिए । उनी गल्फ लुब्रिकेन्ट र अन्य विभिन्न पार्ट्स व्यवसायमा संलग्न छन् ।
सदस्यमा कृष्ण प्रसाद दुलाल, करण कुमार चौधरी, अभिक ज्योति, सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), अनुप कुमार वराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दिपक अग्रवाल, मिलन बाबु मल्ल, पंकज अग्रवाल, नन्द किशोर शाही, निलमणि पाठक(राम)ले उम्मेदवारी दिएका छन् ।
भोली हुन लागेको निर्वाचनबाट आगामी २ वर्ष वर्षका लागि अध्यक्ष एवम साधारण सदस्यहरु मध्येबाट १४ जना र संस्थागत सदस्यहरुबाट ४ जना केन्द्रीय सदस्यहरुको निर्वाचित हुने छन् । नाडाको विधानको दफा २० बमोजिम निर्वाचन हुन लागेको हो । निर्वाचनको मतदान कार्यक्रम विहान ८ बजेबाट १२ बजेसम्म हुने छ ।
साधारणसभालाई वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले सभालाई सम्बोधन गर्ने भने महासचिव कृष्णप्रसाद दुलालले वार्षिक प्रतिवेदन प्रस्तुत र प्रतिवेदनमाथि छलफल र अनुमोदन हुने छ । कोषाध्यक्ष सुनिल रिजालले आर्थिक वर्ष २०७३-७४ को आयव्ययको विवारण र २०७४÷७५ को बजे प्रस्तुत गर्न र सो प्रस्तावमाथि छलफल कार्यक्रम तय भएको छ ।
साधारणसभामा सदस्यहरुबाट प्राप्त प्रस्तावमाथि छलफलसमेत हुने छ । छलफलपछि आर्थिक वर्ष २०७४-७५ को लेखापरीक्षणकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्न कार्यक्रम नाडाले तय गरेको छ । सभाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने छ ।
अध्यक्ष पद नाडा शम्भुप्रसाद दाहाल रामप्रसाद कँडेल