हङकङमा अापसी लेनदेनकाे विषयलार्इ लिएर छोराद्वारा बाबुको हत्या
हङकङ । एक ३२ वर्षीय नेपाली युवा अाफ्नै बाबुकाे हत्या गरेका छन् । मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा अाफ्नै बाबुकाे हत्या गरेका हुन् ।
बाबु र छाेराबीच झगडा हुँदा छोराले धारिलो हतियार प्रयाेग गरी बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ । उपचारको लागि कोङह्वा अस्पताल पुर्याइएका उनलाई चिकित्सकले राति १ बजे मृत घोषित गरेको थियो । कोठामा अचेत अवस्थामा भेटिएका मृतकको उद्धारका लागि अग्नी नियन्त्रकहरुले ढोका फोड्नु परेको थियो।
बाबुकाे हत्या गरेकाे अाराेपमा उनलार्इ गयराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेकाे छ । उनी तीनमध्ये जेठो छोरा छाेरा हुन् । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बाबु–छोराबीच लेनदेनको विषयमा झगडा परेको बताएको छ।
पुर्ख्यौली घर ताप्लेजुङको फुङलिङ भएका लिम्बु परिवार झापाको पृथ्वीनगर र विर्तामोडका स्थायी बासिन्दा हुन्। मृतकको श्रीमती भने नेपालमै छिन्।