विदेश

चीनको व्यापार नीति ‘अविवेकी’: ट्रम्प

चीनको व्यापार नीति ‘अविवेकी’: ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् । 
 

ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन् । उनले ट्वीटर पेजमा चीनको मोटरगाडी आयातबारे आएको पछिल्लो नीतिलाई ‘अविवेकी’ भनेका छन् । 
 

आइतबार चीन र अमेरिकाबीच ब्यापारमा असन्तुलन भएको बिषयलाई जोड दिँदै भने, “मोटरगाडी आयातमा चीनको करनीति सही छैन ।” 
 

चीनबाट अमेरिका एउटा कार आयात गर्दा २१.५ प्रतिशत राजश्व तिर्नुपर्छ तर अमेरिकाले निर्यात गर्दा २५ प्रतिशत राजश्व तिर्नुपर्छ । यो स्वतन्त्र र न्याययुक्त देखिदैन । यो बर्षाैंदेखि रहँदै आएको अन्यायपूर्ण ब्यापार नीति हो । 

डाेनाल्ड ट्रम्प सि जिनपिङ

विशेष