News समाज प्रदेश ३

५६ घर, चार शौचालयको भर !

५६ घर, चार शौचालयको भर !

सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिका–११ स्थित बिस देउटारको बाक्लो बस्ती । ५६ घरपरिवार रहेको यो बस्तीमा झण्डै तीन सय हाराहारीको जनसंख्या छ। तर, यस बस्तीमा एक घर परिवारको पनि निजी शौचालय छैन। 

 

भूकम्पपछि एक कोरियाली संस्थाले चार वटा सार्वजनिक शौचालय बनाइदिएपछि बिस देउटारवासीले पालो पर्खिएरै शौचालय प्रयोग गर्दै आए। भूकम्पको तीन वर्ष बितिरहँदा पनि उनीहरुको दैनिकी उही छ। 

 

चर्पी जानैका लागि भएपनि बिहान सबेरै ब्यूँझनु पर्छ उनीहरुका लागि। नत्र पालो पाइँदैन। अनि कि त पाखा पस्नुपर्छ कि त बारीका पाटैमा बस्नुपर्छ।

 

स्थनीय ऋषिराम माझीले भने, ‘बिहानीपख चर्पीमै लाइन हुन्छ, पालैपाले जानुपर्छ।’ याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।
 

सिन्धुपाल्चोक शौचालय

विशेष