विदेश

आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार

आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार

वासिंटन । अमेरिकी अधिकारीहरुले आगामी मेमा हुने वार्तामा आफ्नो आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको बताएका छन् ।

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलोपटक प्रत्यक्ष वार्ता गर्ने तयारी भइरहेको छ ।

 

औपचारिक वार्तामा बस्नुअघि दुवै पक्षबीच पटक–पटक गोप्य वार्ता हुँदै आएको ट्रम्प प्रशासन स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । वार्ता अमेरिका वा उत्तर कोरियामा नभई कुनै तेस्रो देशमा हुने बताइएको छ ।

 

यद्यपि उत्तर कोरियाले राजधानी प्योङयाङमा वार्ता गर्न दबाब दिइरहेको छ । उत्तरले त्यसको विकल्पमा मंगोलियाको राजधानी उलनबटोरलाई प्रस्तावसमेत गरेको छ ।

 

उत्तर कोरियाले दक्षिण कोरियासँग निःशस्त्रीकरणका विषयमा छलफल गर्ने जानकारी दिइसकेको भए पनि वासिङ्टनलाई भने पहिलोपटक निःशस्त्रीकरणको दिशामा अघि बढ्ने जानकारी प्रत्यक्षरुपमा दिएको समाचारमा उल्लेख छ । (एजेन्सी)

किम जोङ डोनाल्ड ट्रम्प विदेश

विशेष