सरकारले रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गर्दै

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक संकलन गरिरहेको छ । अहिले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रक्रिया रोकेर सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक संकलन गरिरहेको हो ।
तथ्यांक संकलन पछि अस्थायी शिक्षकसँगै खुला प्रतिस्पर्धाबाट पनि आवेदन लिएर स्थायी शिक्षकको परीक्षा लिने सरकारको तयारी छ । गएको वर्ष शिक्षा (नवौं संशोधन) विधयेक जारी भएपछि अस्थायी शिक्षकका लागि आह्वान गरिएको शिक्षक परीक्षाका लागि बाटो खुलेको थियो ।
तर शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको लागि तीन पटक परीक्षाको मिति तोके पनि स्थगित गर्दै आएको छ । विभिन्न विद्यार्थी संगठनले खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्नुपर्ने माग गरेपछि सरकारले परीक्षा स्थगित गर्दै आएको हो ।
यो तथ्याङ संकलन गरिसकेपछि खुल्ला र अस्थायी शिक्षकलाई पनि प्रतिस्पर्धामा लाने भएकाले कसैको पनि असन्तुष्टि नरहेको शिक्षा मन्त्रालयको दाबी छ ।
शिक्षक दरबन्दी तथ्यांक संकलन