Technology विदेश सामाजिक सञ्जाल

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्। 

 

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ। विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन्।

 

उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए।

 

“उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भने। उनले थने, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छाैं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ।” 

 

कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन।

फेसबुक

विशेष