व्यापार

१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका सामग्रीहरू (फोटोफिचर)

१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका सामग्रीहरू (फोटोफिचर)

काठमाडाैं । १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।


शुक्रबारदेखि जारी उक्त मेला अाज सकिने छ । देशभरका सबै साना उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।


मेलामा करिब २ सय वटा स्टल रहेका छन् । देशभरका साना र मझौला उद्यमीहरूले उत्पादन गरेको वस्तुहरू मेलामा राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक मोहन कटुवालले जान्कारी दिए ।


मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका देशहरूको पनि सहभागिता रहेको छ ।

मेलाबाट करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । १ लाख ५० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान आयोजक समितिकाे अनुमान छ ।

 

व्यापार औद्योगिक मेला

विशेष