मोदीले ट्वीटमा लेखेः ओलीसँग विस्तृत कुराकानी गर्छु

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा बिहीबार दुई ट्विट गर्दै आफ्नो भ्रमणले नेपालसम्बन्धबारे भारतीय उच्च चासो व्यक्त रहेकाे उल्लेख गरेका छन्।
उनले शुक्रबार र शनिबार नेपाल भ्रमण गर्ने जानकारी दिँदै नेपाल र भारतको सम्बन्ध मजबुत बनाउन प्रधानमन्त्री केपी ओलीसँग विस्तृत कुराकानी गर्ने समेत उल्लेख गरे ।
भ्रमणका क्रममा काठमाडौँबाहेक जनकपुर र मुक्तिनाथ भ्रमण गर्नेसमेत मोदीको ट्विटमा उल्लेख छ । जनकपुर र मुक्तिनाथ तीर्थयात्रा र पर्यटनका विशेष केन्द्र रहेकोसमेत उनले ट्विटमा उल्लेख गरेका छन्।
दुई देशबीचको मजबुत सांस्कृतिक सम्बन्धको परिचय पनि यी दुई धार्मिक स्थल भएको मोदीले ट्विटमा उल्लेख गरेका छन्।
नयाँ संविधान जारी भएपछि लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नेपाल नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने पनि बताए ।
यस्ताे छ माेदीकाे ट्विट यता क्लिक गर्नुहाेस्
नरेन्द्र मोदी नेपाल भ्रमण