News प्रदेश ६

सुर्खेतमा मदिरा नियन्त्रण अपरेसन, १३ हजार घरेलु मदिरा नष्ट

सुर्खेतमा मदिरा नियन्त्रण अपरेसन, १३ हजार घरेलु मदिरा नष्ट

सुर्खेत । सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेसन थालेको छ ।

 

कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

 

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताए । पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ ।

कर्णाली प्रदेश सुर्खेत

विशेष