विवाह गर्न नमानेपछि यौन सम्पर्क भएको ७६ दिनपछि ....
काठमाडौं । धादिङकी एक युवती र सिन्धुपाल्चोकका एक युवक विगत दुई वर्षयता प्रेम सम्बन्धमा थिए। उनीहरु राजधानीको एक सरकारी क्याम्पसमा विज्ञान संकायअन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययन गर्थे।
नोट र किताब साटासाट हुँदाहुँदै अध्ययनकै शिलशिलामा केटाकेटीबीच प्रेम सम्बन्ध बन्यो। चाबहिलमा बस्ने ती युवती ठमेल क्षेत्रमा बस्ने रिजाल थरका ती युवकको कोठामा नियमित जान थालिन्। दुवैको योजना थियो- विवाह गर्ने।
तर ती युवकले विवाह गर्न नमानेपछि युवती आफु बलात्कृत भएको भन्दै प्रहरीकहाँ उजुरी गर्न पुगेकी छिन्। काठमाडौंंकै एक महानगरीय प्रहरी वृतमा उजुरी परेकै दिन प्रहरीले बिहीबार २४ वर्षीय ती युवकलाई पक्राउ गरेको छ। युवतीले जाहेरीमा ती युवकसँग अन्तिम पटक गत फागुनको ११ गते यौन सम्पर्क भएको उल्लेख गरेकी छिन्।
पिडित युवतीले प्रहरीकहाँ उजुरी गर्दै भनेकी छिन्- रिजालले विवाह गर्ने भन्ने समेत बहानामा विभिन्न डर त्रास धम्की दिई मिती २०७४-०६-०५ देखी इच्छा विपरित जबर्जस्ती करणी गर्दै आएकामा मिती २०७४-११-११ गते पनि निजले आफ्नो कोठामा बोलाई जबर्जस्ती करणी गरेको र सो पश्चात पनि मलाई पटक पटक करणीको लागि धाक धम्की दिदै आएकाले निज उपर कानुन बमोजिम कारबाही गरी पाउँ।’
प्रहरीले युवतीको जाहेरी आएलगत्तै दर्ता गरी युवकलाई पक्राउ गरेको थियो।