News ताजा खबर

ज्यान मारेर फरार रहेका राई १३ वर्षपछि पक्राउ

ज्यान मारेर फरार रहेका राई  १३ वर्षपछि पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका एक अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ। 

 

ब्यूरोको टोलीले २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

 

अदिपले २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए। पक्राउ परेका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ। रासस

प्रहरी महेश राई

विशेष