News ताजा खबर

 महोत्तरी काे एकडारामा बालकको शव भेटियाे

 महोत्तरी काे एकडारामा बालकको शव भेटियाे

 महोत्तरी जिल्लाको एकडारा गाउँपालिका रातु खोलामा एक बालकको शव फेला गरेको छ । खोलामा तैरिरहेको अवस्थामा आज बिहान  बालकको शव भेटिएको हाे । 

 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।

 

परिवारजनका अनुसार बुधबार साँझ तीनजना साथीसँग खेल्दाखेल्दै नदीमा नुहाउन गएका बालक दास सोही नदीले बगाएर बेपत्ता भएका थिए । नदीले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभरि नदीको विभिन्न भागमा खोजतलास गरेपनि उनी फेला परेका थिएनन्।

 

तर आज बिहान उनी बेपत्ता भएकै स्थानमा नदीभित्र रहेको खाल्डोबाट पानीमाथि तैरिरहेको अवस्थामा फेला परेका हुन् । रासस

महोत्तरी एकडारा

विशेष